|
आवश्यकता असीमित हुन्छन् । कमाइको केहि अंश जोहो गरिराखे मात्र ती आवश्यकताहरु क्रमैसँग पुरा गर्न सकिन्छ । तर अहिलेको आय नै नियमित तथा जरुरी खर्चका लागि अपुग भइरहेको आवस्था छ भने बचत गर्ने कार्य अवश्य पनि कठीन हुन्छ । बचत खाता हुँदा पनि साचै बचत नहुन सक्छ । बचतका लागि स्वनियन्त्रण (self control) अत्यन्त आवश्यक हुन्छ जुन सहज छैन । पुग्दो आय नै छ भने पनि स्वनियन्त्रण नभएमा बचत भईहाल्छ भन्ने छैन । तर पनि बचत सम्भव छ । मात्र अवश्यकता हुन्छ एउटा सहजकर्ताको जसले तपाईलाइ बचतका लागि प्रेरित गर्दै आवश्यक सहयोग गरोस् । यसका लागि हामीले ल्याएका छौ Commitment Saving Scheme ।
के हो Commitment Saving Scheme?
सानिमाले बचत गर्न चहाने तर बचत गर्न नसकिरहेका व्यक्तिहरुका लागि ल्यएको छ Commitment Saving Scheme जसले जुनसुकै आय वर्गको व्यक्तिका लागि पनि स्वनियन्त्रणको माध्यमबाट बचत सम्भव गराउँछ । यस योजना अन्तर्गत ग्राहकले इच्छाएको रकम मासिक रुपमा ग्राहकको नियमित खाताबाट कट्टा गरी बैंकले छुट्टै खातामा जम्मा गरिदिन्छ । यस योजनको सबैभन्दा सुखद पाटो भनेको व्यक्तिले कुनै पनि किसिमको दवाब महसुस नगरी बचत हुने हो । उदाहरणका लागि कुनै पनि व्यक्तिको मासिक आय रु १५,००० रहेछ भने उसले प्रतिमहिना रु ५०० कट्टा गराई बचत गर्दा १ वर्ष पछि उसको बचत रु ६,२५० (ब्याज सहितको अनुमानित रकम ) हुन आउँछ । १५,००० आम्दानीबाट रु ५०० छुट्याउँदा खासै दवाब नपर्ने हुँदा यसलाइ सजिलै गर्न सकिने हुन्छ । नगर्दा १ बर्ष पछि हुने ६२५० को बचतबाट वन्चित हुनुपर्छ । यसै उदाहरण अनुरुप प्रत्येक आय वर्गका व्यक्तिले आफ्नो आय अनुसारको बचत गर्न सक्दछन् । उदाहरण्मा दिएको भन्दा कम वा बढी प्रतिशतले पनि बचत गर्न सकिने हुन्छ ।
तपाइँको भइरहेको मासिक खर्चमा कुनै पनि किसिमको कटौती भएको महसुस नहुने गरी बचत गर्न सकिने उपाय नै सानिमाको Commmitment Saving Scheme हो ।
यो हरेक व्यक्तिका लागि अति उपयोगी बचत योजना हो । यस्तो बचत गर्दा बचतकर्ताले निष्चितउधेश्य पूर्ति हुने रकम जम्मा नहुन्जेल वा निष्चित अवधी पुरा नहुन्जेल तोकिएको रकम कट्टा गराइ छुट्टै खतामा जम्मा गराउने प्रतिबध्दता (Commitment) गर्नु पर्दछ । बचत खातामा दिइने उच्चतम व्याजदर यस खातमा प्रदान गरिने छ ।यस्तो बचत उधेश्य अनुरुप छोटो तथा लामो अवधिका लागि गर्न सकिन्छ ।
लामो अवधिको लागि बचत निम्न उधेश्य लागि गर्न सकिन्छ ।
१. अवकाश पछिको जिवनका लागि
२. छोरा छोरीलाई विदेश पठाउनका लागि
३. घर बनाउनका लागि
४. व्यवसाय शुरु गर्न/ विस्तार गर्नका लागि
५. स्वस्थ्योपचारमा आइपर्न सक्ने खर्चका लागि
६. अवश्यकता अनुरुप अन्य प्रयोजनका लागि
अतिरिक्त जानकारीको लागि "SAVE" टाइप गरी "2265" मा SMS गर्नुहोला वा नजिकको शाखा कार्यलयमा सम्पर्क गर्नुहोला ।
|





