गुरुकुलमा सानीमाको सहयोग
सानिमा बैंक नारायणगढ शाखाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । भरतपुर- १ देवघाटस्थित श्री रामजानकी गार्गी कन्या गुरुकुलमा अध्ययनरत २३ छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको हो । शुक्रबार विद्यालयमै पुगेर कापी, कलम र पेन्टिङका सामग्री सहित शुद्ध पानी पिउनको लागि आधुनिक किसिमको पानीको जार वितरण गरेको हो । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई सहयोग गरिएको बैंकका शाखा प्रमुख दिनेश गौतमले जानकारी दिए । कार्यक्रममा गुरुकुलका संरक्षक तथा महेश आश्रमका प्राचार्य प्रा.डा. गुरुप्रसाद सुवेदी तथा गुरुकुलकै प्राचार्य खिमानन्द चालिसेले मन्तब्य राखेका थिए ।
This article was published on http://www.kayakairan.com
Link : http://www.kayakairan.com/archives/15975?fbclid=IwAR3X6o_45G7Sa5cKrWh19N2eAtatcfTJRkFQ6qn2pczKM3exBi19_vJpsDk
Published on: 32nd Jestha 2076



RATES
Find the Forex, Interest & other rates

Locate Us
Find the nearest branch & ATM

HELP CENTER
Connect with Us