Sanima Bank Limited has signed an agreement with Astral Computers Nepal Pvt. Ltd. (Future World)
सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. (फ्युचर वल्र्ड) बीच Apple का प्रोडक्ट जस्तै iPhone, iPad, Macbook तथाअन्य accessories मा सानिमा बैंकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारा स्थित सिभिलमल अवस्थित फ्युचर वल्र्डमा Apple का प्रोडक्ट खरिद गर्दा रु ६,००० सम्म नगद तथा रु ७,००० सम्मका accessories प्राप्त गर्न सक्नुहुनेछ । साथै बैंकका ग्राहकहरुले सानिमा बैंकको क्रेडिट कार्ड मार्फत्१८ महिनाको मासिक किस्ता (EMI) भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठज्यू र आस्ट्रल कम्प्युटर्स नेपाल प्रा. लि. को तर्फबाट महा प्रबन्धक नवीन जोशीज्यूले हस्ताक्षर गर्नुभयो ।



RATES
Find the Forex, Interest & other rates

Locate Us
Find the nearest branch & ATM

HELP CENTER
Connect with Us